JTA (OJT)/ कृषी प्रविधिक कर्मचारीको आवश्यकता:
भूकम्पबाट प्रभावित स्थानियहरुलाई आयमूलक कार्यमा संलग्न गराउदै व्यवसायीक कृषि मार्फत उनीहरुको आयमा सुधार ल्याउने उद्देश्य लिई समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) द्धारा सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढि नगरपालिकाको विभिन्न वडाहरुमा “साना किसान आय सुधार आयोजना” सञ्चालन गर्दै आएको छ l यस आयोजनाको लागि एक कृषी प्रविधिकको आवश्यकता छ । कृषी प्रविधिकको भूमिका निम्नानुसार छ । व्यावसायीक तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धी कृषकहरुलाई दिइने विभिन्न तालिमहरुमा सहभागी भई आयोजनाका सदस्यहरुलाई सहयोग गर्ने l l आवश्यकता अनुसार विभिन्न कृषक समूहरुको निरिक्षण गरी जिल्ला संयोजकलाई रीपोर्टीङ् गर्ने l आयोजनाका विभिन्न कृषक समूहहरुमा मासिक बैठकहरु संचालन गरी माइनुट तयार पार्ने l दैनिक कृयाकलापको सारांश कम्प्युटरमा इन्ट्री गर्ने l इच्छुक व्यक्तिहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट Isc. Ag/ JTA ( वाली विज्ञान) उतिर्ण गरेको वा अध्यन गर्दै गरेको हुनु पर्दछ l व्यवसायिक तरकारी खेती प्रविधि, तरकारीको नर्सरी व्यवस्थापन, रोग / किरा, माटो परिक्षण, बजारीकरण, प्लाष्टिक घर भित्र गोलभेडा खेति प्रविधि तथा अन्य बेमौसमी तरकारी खेति प्रविधिका बारेमा जानकारी भएको हुनु पर्दछ l
कार्य आवधि : ३-६ महिना (फागुन, २०७५ देखि वैशाख/भाद्र , २०७६ सम्म )
क्षेत्र: चौतारा साँगाचोक गढी नगरपालिका, सिन्धुपाल्चोक
To Apply: http://bit.ly/ISAP-JTA-jr17002