
Dec 26, 2022
सुचना । सुचना ।। सुचना ।।।
निशुल्क बाली शिविर संचालन हुनेबारे अत्यन्त जरुरी सुचना ।।।
आदरणीय कृषक आमा बुवा दाजुभाई तथा दिदिबहिनीहरु, आआफ्ना अन्नवाली, तरकारी तथा फलफूल वालीमा देखापरेका रोगकीरा तथा अन्य समस्याहरुको स्थलगत पहिचान तथा समाधानका लागि समृद्धिका लागि यथायोग्य कार्य संस्था द्वारा सञ्चालित “खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजना” ले एक दिने बाली शिविर आयोजना गर्न लागेको हुँदा नमुनाहरु लिएर आउनुभई निशुल्क समस्या पहिचान तथा समाधानका लागि परार्मश लिनुहुन अनुरोध गर्दछौँ ।
नमुनाहरुः
फलफुल बालीः पात, डाठ, फल, फूल,।
अन्न बालीः बाला, पात, जरा, दाना, बोट ।
तरकारी बालीः पात, डाठ, जरा, फल, फूल, बोट।
नगदे बालीः पात, डाठ, जरा, फल, फूल, बोट।
माटोमा बसी दुःख दिईरहेका कीराका अण्डा, बच्चा, माउहरु र भण्डारणमा देखापरेको विभिन्न कीराहरु तथा अण्डा, बच्चा आदि ।
शिविर संचालन हुने मिति, समय र स्थान!
मितिः २०७९/०९/ १२ स्थानः ISAP मेलम्ची कार्यालय, मेलम्ची
मितिः २०७९/०९/ १३ स्थानः JICA भवन, उन्नेचौर, बलेफी
मितिः २०७९/०९/ १४ स्थानः ISAP सुनकोशी कार्यालय, सुनकोशी
समयः बिहान ११ बजे देखी ३ बजे सम्म
#plantclinic #PIWAAI_AGRI #agriculture #SDG #farmer