• ISAP उद्यमी फेलोशीप आवेदन फारम

    व्यावसायीक कृषि तालिमबाट सफल व्यावसायी बन्ने आशा पुनः पलाउदै

    सानै उमेर देखि खेतिकिसानी गर्दै आएका दुबुनाथ दुलाल लाई आफु कृषि क्षेत्रमा सजिलै सफल हुन्छु जस्तो आभाष हुन्थ्यो l तर दुई पटक सम्म आफुले लगाएको गोलभेडा पाक्ने अवस्थामा आई पुग्दा डढुवा र भाइरसले पूर्ण रुपमा नस्ट भएको देख्दा उनलाई आफनै ज्ञान र शिपमा केहि कमि महसुस हुन थाल्यो l

    हरेश खाएर बसेका दुलालले ISAP को उधमी फेलोशिप अन्तर्गत फार्ममा बसी गरिने तालिम बारे थाहा पाउनासाथ यही सिक्ने अवसर हो भन्दै सिन्धुपाल्चोक बाट काठमाडौँ सम्म आईपुगे l कतिले त उनलाई, “ तिमी आफनो घर-परिवार यसरी छोडेर अरुको फार्ममा काम गर्न किन जनु पर्यो” सम्म भने, तर उनलाई थप ज्ञान हासिल गरि कृषिलाई नै प्रमुख र दिगो आयको स्रोत बनाउनु थियो l

    जब उनले ७५ रोपनीमा फस्टाएको दहचोक स्थित बोगटी तरकारी फार्ममा तालिमको सुरवात गर्नु भयो, तब माटो फुटाउने त हो जस्तो लाग्ने दुलालको पहिलो सिकाई नै माटो को तयारी गर्न उचित विधि थियो l उनि भन्छन् “ खन्ने तरिका धेरै नै फरक हुदो रहेछ र जमिनमा उचित पौष्टिक तत्व कायम राख्न र किरा लाग्न नदिने जस्ता पूर्व तयारी त २ हप्ता अगाडी बाट नै सुरु हुदो रहेछ l” बुझ्दै जादा उनले आफ्नो मल, जल र औषधि दिने प्रक्रियामा पनि ठुलो अन्तर पाउन थाले l उनि भन्छन्, “ मल त पटक-पटक पो दिनु पर्दो रहेछ, हाम्रो गाउँघरमा त सुरुमा एकचोटी दिएर छोडी दिन्छन् l साथै औषधि र पानीको उचित मात्रा र समय, अनि पातको आकार र रंग जस्ता कुरा हेरी समयमा नै के को कमि रहेछ र त्यसको उपचार प्रक्रिया सिके l त्यसै गरि एक चोटी लगाएको गोलभेडाको बोट बाट ९ महिना सम्म कसरी उत्पदन लिन सकिन्छ, थोपा सिंचाई प्रविधि जस्ता आधुनिक खेतिका विधिहरु जान्ने र सिक्ने मौका पनि पाए l”

    अबका दिनहरुमा व्यबस्थित रुपले अघी बढ्ने अठोटमा साथ २ दिन अगाडी आफ्नो तालिम सकाएका दुलाल, अब २-४ रोपनी जग्गा बाट सुरुवात गरि उन्नत जातको गोलभेडा लगाउने योजना राख्नु हुन्छ l उनि दाबी गर्छन् की, “यस पाली चाहीं गोलभेडा खेति नस्ट हुनदिने छैन, तर ९ महिना सम्म एउटै बोट बाट उत्पादन निकाल्न भने अझै समय लाग्छ l” उनि थप्छन् “सबै भन्दा ठुलो कुरा के हो भने मेरो एक सफल व्यावसायी संग गुरुको रुपमा चिनजान भयो र कुनै प्राविधिक र व्यापारिक समस्या परेमा, म निर्धाक उहाँ संग परामर्स लिन सक्छु l अन्तत: “हामीले पुरानो तरिकाबाट गर्दा अधिकतम उत्पादन हुने रहेनछ l त्यसमा पनि परिपक्क र आत्मनिर्भर हुन अरुको देखेर होइन आफैले गर्नु पर्दो रहेछ जुन कुरा यो फार्म बसी गरिने तालिमले सिकाउँछ,” भने संदेश उनि कृषि व्यावसाय सुरुगर्न वा विस्तार गर्न इच्छुक व्यक्तिहरु लाई दिन चाहन्छन् l

    तपाई पनि पुर्व प्राविधिक, व्यावहारिक एवम् व्यावसायिक ज्ञान बाट कृषि व्यावसाय सुरु गरि एक सफल उधमी बन्न सक्नु हुन्छ । यसका लागि सफल व्यवसायीकै फार्ममा बसी गाई पालन लगाएत कुखुरा पालन, बाख्रा पालन, सुँगुर पालन, च्याउ खेति र तरकारी खेतिमा नि: शुल्क तालिम लिन सक्नु हुन्छ। थप जानकारी र आवेदनका लागिः http://bit.ly/2n7EVDg


    View On Facebook

 
Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com