• व्यावसायिक तालिम संगै बढ्दो युवा सशक्तिकरण



    +२ पास गरेर बसेका २० वर्षीय श्याम श्रेष्ठ र अजय श्रेष्ठ बिगत २ वर्ष देखी आत्मनिर्भर हुने बाटो खोज्दै थिए l विभिन्न तालिम लिए तापनि फलदायी उपलब्धि भने हुन सकेको थिएन l जब श्याम श्रेष्ठले आफ्नै घर नजिको व्यावसायिक फार्ममा ISAP द्वारा संचालित कुखुरा पालन सम्बन्धि तालिम हुदै गरेको थाहा पाए, आफ्नो साथी- अजय श्रेष्ठ संग सल्लाह गरि तालिममा सहभागी हुने इच्छा व्यक्त गरे l त्यसमा पनि उनीहरुका परिवारले अबका दिनमा कुखुरा पालन गर्न योजना बनाउदै थिए l तर परिवारका कुनै सदस्यको कुखुरा पालनमा पुर्व प्राविधिक र व्यावसायिक सीप भने थिएन, त्यसकारण पनि यो अवसर उनीहरुका लागि अत्यन्त महत्त्वपूर्ण थियो l

    कुखुरा पालनमा न्युन अनुभव भएका श्याम र अजयले १० हजार देखि १३ हजार सम्म कुखुरा राखिने फार्ममा नै बसी तालिम लिदा चल्ला छनोट र भित्राउने प्रक्रिया देखि कुखुराको बजारीकरण सम्मको पूर्ण व्यापार चक्र सिक्ने मौका पाए l तालिमको अवधिमा उनीहरुको प्रमुख सिकाई भने चल्ला तथा कुखुराको आकार, तौल र उमेर लाई आधार बनाई खुराक विभाजन तथा खुवाने विधि को साथै रोग नियन्त्रण र उपचार प्रक्रिया थियो l

    हाल अजयले आफनै कुखुरा फार्मको सुरुवात गर्नका लागि खोर तयार पारिसकेका छन् र उनि यहि वैशाख १५ बाट २००० कुखुरा सम्म भित्राउने तरखरमा छन् l त्यसगरी श्यामले पनि वैशाखको अन्तयमा २००० वोटा कुखुरा राख्न मिल्ने खोर निरमार्ण प्रक्रिया सुरु गर्न योजना बनाएका छन् l आउने दिनहरु मा उनिहरुको उद्यम यात्रा बारे थप जानकरिका लागि ISAP को साथ रहनु होलाl


    View On Facebook

 
Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com