• प्रदिप राज पन्तको पर्यटन देखी कृषि सम्मको उद्यम यात्रा

    र नि: शुल्क व्यावसायिक तालिम बारे जानकारी

    जनसंख्या वृद्धि संगै नेपाली बजारमा दुग्ध र दुग्धजन्य वस्तुहरुको माग बढ्दै गैरहेका देख्दा, डेस्टिनेशन टुर एण्ड ट्राभल नामक संस्थाका निर्देशक श्री प्रदिप राज पन्तले कृषि क्षेत्रमा पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ डेस्टिनेशन एग्रो फार्मको सुरुवात गर्नु भएको थियोे । सुरुवाती दिनहरुमा निराशाजनक आमदानी भए तापनि अझ बढी मेहिनेत संग फर्मलाई सफल बनाउन निरन्तर लागि रहदा, पन्त नेपालकै एक नमुना गाइपालन व्यवसायीका रुपमा आफुलाई स्थापित गराउन सफल हुनुभएको छ । विगत ५ वर्ष देखीे कुल पुँजी करिब ४ करोड ५० लाखमा फस्टाएको सो फार्ममा एकिकृत कृषी अंतर्गन हाल ८० गोटा होलिस्टीन गाई छन् । पन्तको प्रेरणादायीक उद्यम यात्राको लागि तल को लिंक Click गर्नुहोस ।

    श्री प्रदिप राज पन्त जस्तै तपाई पनि पुर्व प्राविधिक, व्यावहारिक एवम् व्यावसायिक ज्ञान बाट कृषि व्यावसाय सुरु गरि एक सफल उधमी बन्न सक्नु हुन्छ । एसका लागि पन्त र पन्त जस्तै सफल व्यवसायीकै फार्ममा बसी गाई पालन लगाएत कुखुरा पालन, बाख्रा पालन, सुँगुर पालन, च्याउ खेति र तरकारी खेतिमा नि: शुल्क तालिम लिन सक्नु हुन्छ। थप जानकारी र आवेदनका लागिः bit.ly/2pmvSVh


    View On Facebook

 
Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com