
May 17, 2022
पहिलो र दोस्रो पुस्ताका हाँगाहरुलाई काँटछाँट गरी भाले फूल घटाइ तेस्रो पुस्तामा पोथी फूल बढाएर उत्पादनमा वृद्धि गर्ने तरिकालाइ तेस्रो पुस्ते काटछाँट अथवा 3G कटिंग पनि भनिन्छ।
3G कटिङ लहरे बालीहरु (लौका, पाटे घिरौला, काँक्रो, फर्सि, कुभिण्डो, करेला, चिचिण्डो इत्यादि) मा लोकप्रिय र सफलतापूर्वक अभ्यास गरिने भएता पनि अन्य प्रजातिका बालीहरु (अङ्गुर, खुर्सानी, टमाटर, भान्टा, चिप्ले भिन्डी आदि) मा समेत प्रयोग गरिन्छ।
तिनपुस्ते काटछाँट गर्ने तरिका:
१ – जमिनबाट पहिलो ४–५ पातहरूको उचाइ सम्म, मुख्य काण्डबाट कुनै पनि छेउको हाँगा आउन दिनु हुँदैन।
२ – यदि यो उचाइ भन्दा पहिले मुख्य काण्डबाट कुनै पनि छेउको हाँगा विकसित भयो भने काटेर हटाउन पर्छ।
३ – जब बिरुवा ६–८ फिटको उचाइमा पुग्छ, तपाईंले मुख्य काण्डको बढ्दो टुप्पा काट्नु पर्छ।
४ – मुख्य काँडको टुप्पो काटिएपछि विकास हुने छेउका हाँगाहरू २–३ फिटको भएपछि टुप्पो काटी हटाउन पर्छ।
५ – जब छेउका हाँगाहरूको टुप्पो काटिन्छ, त्यसपछि ठूलो संख्यामा तेस्रो पुस्ताका शाखाहरू विकास हुन्छन् । तेस्रो पुस्तामा पोथी फूल अत्यधिक मात्रामा र भाले फूल कम मात्रामा पाइन्छन् ।
#3gcutting #PIWAAI_Agri #agriculturetechniques #PWJ