• Agriculture Technician-2 (कृषि प्राविधिक)

    आयोजनाको बारेमा जानकारी
    निर्वाहमुखी खेतीमा संलग्न किसानहरुलाई प्राविधिक तालिम तथा अन्य सहयोग प्रदान गरी व्यवसायमुखीकरण गर्दै उनिहरुको कृषि आय बढाउने उद्देश्यले ISAP ले सिन्धुपाल्चोक जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा बिगतका ३ वर्ष देखि आफ्ना कार्यक्रम संचालन गर्दै आएको छ। यस्तै परियोजना अब बांके, बार्दिया, बाग्लुङ र पर्वतमा पनि संचालन गर्ने संस्थाको योजना रहेकोले हाल संस्था दक्ष कृषि प्राविधिकको खोजिमा छ।

    कार्य आवधि : ३-६ महिना
    क्षेत्र: बांके /बार्दिया (१ जना) , पर्बत/बाग्लुङ (१ जना)
    आवेदन फारम भर्ने अन्तिम मिति: ९ माघ २०७७

    संस्थाको बारेमा जानकारी
    सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) समुदायमा उध्यमशिलाताको विकास र सोको लागी आवश्यक भौतिक पूर्वआधार निर्माण गर्न समुदायलाई सहयोग गर्ने र समुदायको ज्ञान, सिप र क्षमतालाई अभिबृद्दी गर्न सहयोग गर्ने उद्देश्यका साथ सन. २०१३ मा स्थापना भएको एक गैर सरकारी संस्था हो l

    थप जानकारीका लागि: www.isap.org.np

    मुख्य भूमिका र जिम्मेवारीहरु
    व्यावसायीक तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धी कृषकहरुलाई दिइने विभिन्न तालिमहरुमा सहभागी भई आयोजनाका सदस्यहरुलाई सहयोग गर्ने l आवश्यकता अनुसार विभिन्न कृषक समूहरुको निरिक्षण गरी केन्द्रिय कार्यालयमा रीपोर्टीङ् गर्ने l आयोजनाका विभिन्न कृषक समूहहरुमा मासिक बैठकहरु संचालन गरी माइनुट तयार पार्ने l दैनिक कृयाकलापको सारांश कम्प्युटरमा इन्ट्री गर्ने l अन्य आफ्नो सुपरभाइजरको निर्देशन अनुसार आयोजनालाई सफल बनाउन सहयोग गर्ने।

    आवश्यक सिप तथा योग्यताहरु
    इच्छुक व्यक्तिहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट ISc. Ag/ JTA ( वाली विज्ञान) उतिर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएको हुनुपर्दछ l व्यवसायिक तरकारी खेती प्रविधि, तरकारीको नर्सरी व्यवस्थापन, रोग / किरा पहिचान र व्यवस्थापन, बजारीकरण, प्लाष्टिक घर भित्र गोलभेँडा खेती प्रविधि तथा अन्य बेमौसमी तरकारी खेती प्रविधिका बारेमा जानकारी भएको हुनु पर्दछ l

    सामान्य कम्प्यूटर शिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही आयोजना अवधिभर काम गर्न सक्ने प्रतिवद्धता दिने व्यक्तिलाई प्राथमिकता दिइने छ l

    https://docs.google.com/forms/d/e/1FAIpQLSe0JI6ts39YOuikDwF2-FCxmtqhIZd-Dhb3L2AuA3BHn8nBFw/viewform?usp=sf_link


    View On Facebook

 
Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com