• अबको मौसममा लगाइने फर्सी बाली अन्तर्गतका बालीहरुको मुख्य शत्रु जीव फल कुहाउने औसाको परिचय तथा व्यवस्थापनका विधिहरु बारे थाहा पाउनका लागि यो लेख अवस्य पढ्नु होला l



    के हो ?
    फल कुहाउने औसा फर्सी समूहका तरकारी बाली जस्तै काक्रो, फर्सी, करेला, घिरौला, स्क्वास आदि बालीको मुख्य शत्रु जीव हो l

    यो किरा कसरी चिन्ने ?
    पोथी किराले फर्सी बालीको फल भित्र अण्डा पार्छ र फल भित्र ति अन्डाहरु औसामा परिणत भई फललाई कुहाउने काम गर्दछन् l ७ देखि १० दिनमा ति औसाहरु माटोमा झरी प्युपा अवस्थामा पुग्छन l यिनको वयस्क किरा हलुका पहेलो तथा खैरो रंगको हुन्छ l पखेटाहरु पारदर्सी हुन्छन् र प्रत्यक पखेटामा दुई वटा धब्बाहरु देखिन्छन् l पोथी किराको पेटको अन्तिम भागमा अण्डा पार्नको लागी चुच्चो परेको अङ्ग रहेको हुन्छ l

    यो किरा लागेमा के हुन्छ ?
    पोथी झिंगाले फुल पार्ने अंगको सहायताले डाठ, फुल र फलमा छेडेर फुल पार्दछ जसबाट ओसा निस्किएर क्षेति गर्दछ l यसले कम्तिमा पनि ५० प्रतिशत फलहरु नष्ट पार्दछ l

    के व्यवस्थापनका विधिहरु आपनाउँने ?
    • ग्रसित फल तथा फुल टिपेर विषादिमा डुबाई खाडलमा पुर्ने l
    • माटोमा भएका प्युपाहरु नस्ट गर्नको लागी जाडो महिनामा गहिरो खनजोत गर्ने l
    • भाले किराको संख्या नियन्त्रण गर्न क्युल्युरको प्रयोग गर्ने l
    • पानीमा चिनी वा सख्खर मिसाई प्रति लिटरमा १ मि.लि. का दरले मालाथीयन मिसाई बाली लगाएको क्षेत्रको केहि ठाउँहरुमा छर्ने l
    • पाकेको फर्सी, काक्रा वा तरबुजाका केहि भाग काटेर वाटा वा माटोको कतारीमा १-२ मिटर उचाईमा केहि पानि हालेर राख्ने र सो पानीमा ५-७ थोपा मलाथीयनको झोल मिसाउने l

    दिपिका अधिकारी
    ISAP


    View On Facebook

 
Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com