अबको मौसममा लगाइने फर्सी बाली अन्तर्गतका बालीहरुको मुख्य शत्रु जीव फल कुहाउने औसाको परिचय तथा व्यवस्थापनका विधिहरु बारे थाहा पाउनका लागि यो लेख अवस्य पढ्नु होला l
के हो ?
फल कुहाउने औसा फर्सी समूहका तरकारी बाली जस्तै काक्रो, फर्सी, करेला, घिरौला, स्क्वास आदि बालीको मुख्य शत्रु जीव हो l
यो किरा कसरी चिन्ने ?
पोथी किराले फर्सी बालीको फल भित्र अण्डा पार्छ र फल भित्र ति अन्डाहरु औसामा परिणत भई फललाई कुहाउने काम गर्दछन् l ७ देखि १० दिनमा ति औसाहरु माटोमा झरी प्युपा अवस्थामा पुग्छन l यिनको वयस्क किरा हलुका पहेलो तथा खैरो रंगको हुन्छ l पखेटाहरु पारदर्सी हुन्छन् र प्रत्यक पखेटामा दुई वटा धब्बाहरु देखिन्छन् l पोथी किराको पेटको अन्तिम भागमा अण्डा पार्नको लागी चुच्चो परेको अङ्ग रहेको हुन्छ l
यो किरा लागेमा के हुन्छ ?
पोथी झिंगाले फुल पार्ने अंगको सहायताले डाठ, फुल र फलमा छेडेर फुल पार्दछ जसबाट ओसा निस्किएर क्षेति गर्दछ l यसले कम्तिमा पनि ५० प्रतिशत फलहरु नष्ट पार्दछ l
के व्यवस्थापनका विधिहरु आपनाउँने ?
• ग्रसित फल तथा फुल टिपेर विषादिमा डुबाई खाडलमा पुर्ने l
• माटोमा भएका प्युपाहरु नस्ट गर्नको लागी जाडो महिनामा गहिरो खनजोत गर्ने l
• भाले किराको संख्या नियन्त्रण गर्न क्युल्युरको प्रयोग गर्ने l
• पानीमा चिनी वा सख्खर मिसाई प्रति लिटरमा १ मि.लि. का दरले मालाथीयन मिसाई बाली लगाएको क्षेत्रको केहि ठाउँहरुमा छर्ने l
• पाकेको फर्सी, काक्रा वा तरबुजाका केहि भाग काटेर वाटा वा माटोको कतारीमा १-२ मिटर उचाईमा केहि पानि हालेर राख्ने र सो पानीमा ५-७ थोपा मलाथीयनको झोल मिसाउने l
दिपिका अधिकारी
ISAP